राजस्थानविरुद्ध ब्याटिङ गर्दै पञ्जाब
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (आइतबार) राजस्थान रोयल्स र किंग्स इलेभन पञ्जाब प्रतिष्पर्धा गरिरहेका छन्।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी खेलमा पञ्जाबले टस हारेर ब्याटिङ गरिरहेको छ।
३ ओभरको खेल सकिँदा पञ्जाबले कुनै पनि विकेट नगुमाएर २८ रन जोडेको छ। केएल राहुल ६ र मयंक अग्रवाल १९ रनमा खेलिरहेका छन्।
राजस्थानका जयदेव उनादकटले २ र अंकित राजपूतले १ ओभर बलिङ गरेका छन्।
जारी प्रतियोगितामा पञ्जाबले दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ भने राजस्थानले एक खेलमा शत प्रतिशत नतिजा निकालेको छ।
क्रिकइन्फो डट कम
असोज ११, २०७७ आइतबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।