हैदरावादद्वारा कोलकातासामु १४३ रनको लक्ष्य प्रस्तुत
टस जितेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको हो।
हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन जोडे। ३८ बल खेलेका उनले आफ्नो पारीमा तीन चौका र दुई छक्का प्रहार गरे।
यस्तै, डेभिड वार्नरले ३६ र रिद्धिमान शाहाले ३० रनको योगदान दिए। मोहम्मद नाबी ११ र अभिषेक शर्मा २ रनमा अविजित रहे।
कोलकाताका बरुण चक्रवर्ती, प्याट कमिन्स र आन्द्रे रसलले समान १ विकेट लिए।
कोलकाताले केही बेरमै जवाफी ब्याटिङ थाल्ने छ।
जारी प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेका यी दुवै टोली पहिलो जितको खोजीमा छन्।
क्रिकइन्फो डट कम
असोज १०, २०७७ शनिबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।