आइपिएल : कोलकाताविरुद्ध ब्याटिङ गर्दै हैदरावाद

आइपिएल : कोलकाताविरुद्ध ब्याटिङ गर्दै हैदरावाद
तस्बिर : द इण्डियन एक्सप्रेस

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी खेलमा हैदरावादले टस जितेर ब्याटिङ गरिरहेको छ। ५ ओभरको खेल सकिँदा हैदरावादले १ विकेटको क्षतिमा ३३ रन बनाएको छ। डेभिड वार्नर २१ र मनिष पाण्डे ७ रनमा खेलिरहेका छन्।

हैदरावादले आफ्नो पहिलो विकेटका रुपमा जोनी बेरिस्टोलाई गुुमाएको छ। उनलाई चौथो ओभरको अन्तिम बलमा प्याट कमिन्सले बोल्ड गरेका थिए।

जारी प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेका यी दुवै टोली पहिलो जितको खोजीमा छन्।

क्रिकइन्फो डट कम

असोज १०, २०७७ शनिबार २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।