दिल्लीको लगातार दोस्रो जित, चेन्नई ४४ रनले पराजित
संयुक्त अरब इमिरेट्स (युएई)मा शुुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुुपर किंग्सलाई ४४ रनले पराजित गरेसँगै दिल्लीले दोस्रो जित दर्ता गरेको हो।
यसअघि दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलेभन पञ्जाबलाई पराजित गरेको थियो।
१७६ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेट गुमाएर १३१ रन मात्रै जोड्न सक्यो। उसका लागि फाप डु प्लेसिसले सर्वाधिक ४३ रन जोडे। यस्तै, केदार जाधवले २६, महेन्द्रसिंह धोनीले १५, सेन वाटसनले १४, रविन्द्र जडेजाले १२ र मुरली विजयले १० रनको योगदान दिए।
बलिङमा दिल्लीका कागिशो रवाडाले ३, एनरिच नोर्टजे २ र अक्षर पटेलले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गर्न आएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रन जोडेको थियो। उसका लागि पृथ्वी सोले सर्वाधिक ६४ रन जोडे। यस्तै, शिखर धवनले ३५ तथा कप्तान श्रेयस ऐयरले २६ रनको योगदान दिए। रिसभ पन्त ३७ तथा मार्कस स्टोनिस ५ रनमा अविजित रहे।
बलिङतर्फ चेन्नईका पियुस चावलाले २ तथा साम कुरानले १ विकेट लिए।
अघिल्लो सिजनका तीन वटा खेलमा भने दिल्ली चेन्नईसँग पराजित भएको थियो।
क्रिकइन्फो
असोज ९, २०७७ शुक्रबार २३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।