एउटैस्तरको परीक्षामा सर्त किन फरक ?
संघले विज्ञप्ति जारी गर्दै ३१ भदौमा आयोगले जारी गरेको सूचना सच्याउन अपिल गरेको हो ।
एउटै स्तरको एउटै प्रवेश परीक्षा र एउटै कोटा भित्रको लागि फरकफरक सेवा सर्त हुन नहुने संघको माग छ।
‘स्थायी चिकित्सकको सेवा प्रवेशका समयमा देखाइएको सरकारी शिक्षण संस्थामा स्नातकोत्तर अध्ययनको प्राथमिकता हटाइनु जस्ता विभेदकारी नियमले स्थायी चिकित्सकलाई हतोत्साही बनाएको सरकारी चिकित्सक संघको निष्कर्ष छ’ विज्ञप्तिमा भनिएको छ।
सूचना संसोधन गरी सार्वजनिक नगरिए थप आन्दोलन गर्न वाध्य हुने सरकारी चिकित्सक संघले जनाएको छ।
संघले माग सम्बोधन नभए थप आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी) को सरकारी सिटमा छात्रवृत्तिमा अध्ययनका लागि कम्तिमा २ वर्ष सरकारी सेवामा काम गरेकालाई मात्र उम्मेदवार बनाउन चिकित्सा शिक्षा आयोगलाई पत्र पठाएको थियो।
छात्रवृत्ति करारमा काम गरेका चिकित्सकहरुले एक वर्ष पुरा गरेपछि उम्मेदवार हुन पाउने भनि सूचना प्रकाशित गरिएको थियो।
सबै स्वास्थ्य सेवामा रहेका चिकित्सकको सम्बन्धमा स्थायीको हकमा दुई वर्ष पुरा भएपछि र छात्रवृत्ति करारका चिकित्सकको हकमा कबुलियतनामा बमोजिम २ वर्ष पुरा भएपछि मात्र उम्मेदवार हुन पाउने व्यवस्था हुनुपर्ने स्वास्थ्य मन्त्रालयले पठाएको उल्लेख छ।
आयोगले पिजीको एकिकृत प्रवेश परीक्षा असोज २७, २८ र २९ गते परीक्षा लिने भएको हो ।
असोज ८, २०७७ बिहीबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।