ब्रुटवलमा दुई कोरोना संक्रमितको मृत्यु
भैरहवा, असोज ८
लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल, धागो कारखाना, बुटवलमा सात दिनदेखि भेन्टिलेटरमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार मृतक नवलपरासी पश्चिम र कपिलवस्तुका हुन् ।
नवलपरासीको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ २७ गते अस्पताल भर्ना भएका उनी मृर्गौला र कलेजोको दीर्घ रोगी भएको कोरोना अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको पनि बिहिबार बिहान ७ बजे मृत्यु भएको थापाले बताए । मधुमेह र मृर्गौलाका दीर्घ रोगी रहेका उनी असोज १ गते अस्पताल भर्ना भएका थिए ।
असोज ८, २०७७ बिहीबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।