अटेर गरेर होस्टेल खोल्दा.....

अटेर गरेर होस्टेल खोल्दा.....

पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थी राखेर पठनपाठन समेत संचालन गर्ने होष्टल संचालिका सनसरी श्रेष्ठलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

३२ वर्षीया श्रेष्ठ पोखरा महानगरपालिका–८ न्युरोडकी स्थानीय भएको प्रहरीले जानकारी दिएको छ।

सरकाले कोरोना भाईरस (कोभिड–१९) रोकथाम  तथा नियन्त्रणको लागि निषेधित होष्टल, स्कुल,व्यायामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय गरेको छ ।

तर, यस विपरित कार्य गरेको सूचना आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

असोज ७, २०७७ बुधबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।