मौसममा तत्काल सुधार नआउने

मौसममा तत्काल सुधार नआउने

केही दिनदेखि देशका अधिकांश भागमा वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन वर्षा जारी रहने छ।

विभागका अनुसार भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापिय क्षेत्र रहेको छ। यो न्यून चापिय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दैछ। जसकारण नेपालको मौसम बदलि भएको हो। 

महाशाखाका प्रवक्ता सुमन कुमार रेग्मीले अझै केही समय मौसममा परिवर्तन नआउने बताए। 

‘हामीले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका छौं। तीन दिन नै वर्षा हुने देखिन्छ’ रेग्मीले भने, ‘त्यसपछि पनि मौसममा सुधार आउने देखिँदैन।’

उनले उपत्यकासहित देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जानकारी दिए। 

विभागले देशभरको आगामी तीन दिनको प्रदेशगत मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

बुधबार

दिउँसो देशभर सामान्य देखि पुर्णतया बदलि भई देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का तथा भारी वर्षाको समेत संभावना रहेको छ। यो रातिको समयमा बढी संभावना छ।

बिहिबार

दिउँसो देशभर सामान्य देखि पुर्णतया बदलि रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सबै प्रदेशका केही स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको संभावना रहेको छ।

राति देशभर सामान्य देखि पुर्णतया बदलि रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
 

शुक्रबार

दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदलि रही बाँकी प्रदेशहरुमा सामान्य  बदलि रहनेछ। 

प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षा र १–२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

राति  प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा  पुर्णतया बदलि  रही बाँकी प्रदेशहरुमा सामान्य  बदली रहनेछ। 

प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

महाशाखाले आगामी २४ घण्टाका लागि प्रदेश अनुसारको जोखिम मुल्यांकन गरि चेतावनी र परामर्शसमेत दिएको छ।

महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदिमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन भनेको छ।
 

असोज ७, २०७७ बुधबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।