डा. केसी आइसियूमा, उपचार गर्न मानेनन्

डा. केसी आइसियूमा, उपचार गर्न मानेनन्

काठमाडौं : जुम्लामा १९ औं अनशनमा बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले उपचार गर्न नमानेपछि उनको स्वास्थ्य अवस्था जटिल बन्दैगएको छ।

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको आइसियूमा राखिएका डा.केसीले उपचार गर्न नमानेको प्रतिष्ठानले जनाएको छ।  

८ दिनदेखि आमरण अनशन बसिरहेका डा. केसीले उपचार गर्न नमानेपछि चिकित्सकहरुले उपचारको लागि सहज हुने स्थानमा लैजान भनेका हुन्।

जुम्लाको बाबिरा मष्ट मन्दिरमा चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डाडा. केसीलाई उपचारको लागि सहज हुने स्थानमा सार्न चिकित्सकहरुले सुझाव दिएका छन्।

केसीले आफूलाई जर्वजस्ती मध्यरातमा अस्पताल लगेको भन्दै उपचार गर्न मानेका छैनन्।

अस्पतालले सोमबार मध्यान बुलेटिन जारी गरी डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको जनाएको छ। 

अस्पताल ल्याएपछि उनले कुनै परीक्षण गर्न नमानेको प्रतिष्ठानले जनाएको छ। केसीलाई प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रा आदि केही थाहा हुन नसकेको चिकित्सकले जनाएका छन्।

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने, इलेक्ट्रोलाइट्स तथा एसिड बेस ब्यालेन्समा गडबडी भई प्रमुख अंगहरुमा समस्या हुन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर भई संक्रमणको खतरा हुन सक्नेउपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

प्रशासनले अवरोध गरेपछि डा.केसी मन्दिरमा आमरण अनशन बसेका हुन्।

डा. केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै आएका छन्। 

असोज ५, २०७७ सोमबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।