सर्लाहीको मलंगवामा कर्फ्यू 

सर्लाहीको मलंगवामा कर्फ्यू 

काठमाडौं : सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरको छ।

विश्वकर्मा पूजाको मूर्ति विसर्जन विषयमा दुई पक्षबीच झडप हुँदा शनिबार दिउसो २ बजे देखि कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहने प्रशासनले जनाएको छ।

शुक्रबार मलंगवा नगरपालिका–३ स्थित विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा दुई पक्षबीच विवाद बढ्दै गएपछि झडप भएको थियो। 

प्रहरीका अनुसार स्थानीय नजिकैको पोखरीमा जान प्रयोग गरेको बाटो हुँदै मूर्ति बिसर्जन गर्न जाँदै गर्दा अर्का पक्षले अवरोध गरेपछि दुवै पक्षबीच विवाद भएको थियो ।

विवादको क्रममा झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ।

सो विवाद मिलाउन जिल्ला प्रहरी कार्यालयमा छलफल हुँदै गर्दा दुवैपक्षबाट ठूलो भीड जम्मा हुन थालेपछि थप अप्रिय घटना नहुनदिन कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

असोज ३, २०७७ शनिबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।