विपन्नलाई इन्जिनियरको राहत

विपन्नलाई इन्जिनियरको राहत

गरीव र दलित परवारलाई नेपाल तराई इन्जिनियर्स समाजले धनुषा र महोत्तरीका विभिन्न गाउँमा गएर राहत वितरण अभियान शुरु गरेको हो।

समाजले महोत्तरीको वलवा नगरपालिकाको बदिया गाउँमा राहत वितरण अभियान सुरु गरेको छ। 

सो गाउँका ४५ परिवारलाई प्रति परिवार चामल १० किलो, रहर दाल २ किलो, आलु २ किलो, प्याज २ किलो, सोयाविन २ किलो, नून १ किलो, नुहाउने साबु १ वटा, कपडा धुने साबुन १ वटा, मास्क र सेनिटाइजर पनि वितरण गरिएको छ।

एशोसिएशनका प्रदेश अध्यक्ष भगवान झाले अभियान सुरु गर्दै जिल्लाको विभिन्न स्थानमा राहत वितरण गरिने योजना रहेको बताए।

प्रदेश २ सरकारले २ पटक प्रदेशभरी राहत वितरण गरेको थियो भने केही नगरपालिका र गाउँपालिकाले एक पटक राहत वितरण गरेका थिए। 
यसवाहेक स्थानीय संघसंस्था र स्थानीय समाजसेवीहरुले पनि राहत वितरण गर्दै आइरहेका छन्। 

समाजका केन्द्रिय महासचिव दीपेन्द्रकुमार साहले दैनिक काम गरेर गुजारा गर्नेहरुको अवस्था दयनिय भएकोले सक्नेले राहत दिनुपर्ने बताए। 

समाजले राहत तथा कोरोनाबारे जनचेतना पनि सँगसँगै दिइरहेको छ। 
 

असोज २, २०७७ शुक्रबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।