शिक्षा क्षेत्रका २२ कर्मचारीको सरुवा

शिक्षा क्षेत्रका २२ कर्मचारीको सरुवा

काठमाडौ : शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले सह सचिवदेखी प्राविधिक सहायकसम्मका २२ कर्मचारीलाई सरुवा तथा काजमा विभिन्न कार्यलयमा स्थानान्तर गरेको छ ।

मन्त्रालयले बुधबार निर्णय गरेर ५ उप सचिब, १४ शाखा अधिकृत र बाकी प्राविधिक सहायकको काज तथा सरुवा गरेको जनाएको छ । जस अन्र्तगत शिक्षक सेवा आयोगमा कार्यरत सह सचिब राजकुमार विकलाई शिक्षा विकास तथा समन्वय इकाइ झापा, केन्द्रका सहसचिब दिनेश घिमिरेलाई राष्ट्रिय किताबखाना (शिक्षक) कार्यलय, व्यवसाहिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाबाट सुदर्शन मरहठ्ठालाई शिक्षक सेवा आयोग, मन्त्रालयका उप सचिब रमेशप्रसाद मैनालीलाई इकाइ लतिलपुर र शिक्षक सेवा आयोगका दामोदर आचार्यलाई केन्द्रमा पठाईएको छ । 
 

असोज २, २०७७ शुक्रबार १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।