म्याद गुज्रेका खाद्य सामाग्री नष्ट 

म्याद गुज्रेका खाद्य सामाग्री नष्ट 

बरामद भएका सामान ट्रान्सफर स्टेशनमा नष्ट

काठमाडौंः  चावहिल चोक नजिकैको सावरिया होलसेल मार्टको गोदामबाट म्याद गुज्रेर बिक्री गर्न नमिल्ने अवस्थाका खाद्यसामाग्री बरामद र नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आज वडा सदस्य कृष्णमणि भट्टराईको रोहवरमा सामान बरामद र नष्ट गरेको हो । 

नष्ट गरिएका खाद्य बस्तुमा ब्रिटानिया कम्पनीबाट उत्पादन भएका गुड डे ब्राण्डका  परिकार, क्याटवरीका बोनबिटा, हर्लिक्स, क्वालिटीका वटर, वनवनजस्ता प्याकेजिङ् गरिएका खाद्य बस्तु छन्। पसलमा भेटिएका र उपभोग हुने मिति सकिएका लेज, कुरकुरे, लिची जुस, चिउरा, पिनट्स,, बकुल्लालगायत करीब १ लाख मूल्य बराबरका सामान बरामद गरेर नष्ट गरिएको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार सुजी, जुस, चकलेट, सस चिल्ली, कर्नफ्लेक्स, बिस्कुट, चोकोजजस्ता खाद्य बस्तुसँगै सरफ, भाँडा माझ्ने पाउडर पनि बरामद गरिएको थियो । बरामद भएका सामान ट्रान्सफर स्टेशन पु¥याएर फोहोरमा मिसाइएको छ।

गत आइतबार यही पसलमा पहिलो पटक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा खाद्य सामान भण्डारण हुने ठाउँमा म्याद गुज्रेका खाद्य सामान भेट्टाएपछि सामान बिक्रीमा रोक लगाइएको थियो। आज फेरि त्यही ठाउँमा पुगेर भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान छुट्याएर उपभोग गर्न नमिल्ने सामान नष्ट गराएको हो। 

‘लकडाउनले सामान छुट्याउन सकिएको थिएन। अनुगमन समिति आएपछि छुट््याउन बाध्य भइयो।’ अनुगमन टोलीले दिएका निर्देशनको पालना गरेर व्यापार गर्छौं।’पसलका सञ्चालक सहयोगी सञ्जीवकुमार झाले भने।  यस अघि पसलको माथि मजिन स्टोर र सावरिया होलसेल मार्ट लेखिएका दुईवटा वोर्ड राखिएको थियो। 


 

भदौ ३१, २०७७ बुधबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।