करेन्ट लागेर एककाे मृत्यु
विद्युत लाइन विस्तार गर्ने क्रममा पोल ढल्दा करेन्ट लागी मृत्यु
दैलेखः विद्युत पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो ।
गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज बुधबार साँढे १२ बजेको समयमा नयाँ पोल ढल्दा करेन्ट लागी थापाको मृत्यु हुनुका साथै २६ वर्षीय भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
‘विद्युतको नयाँ पोल हाल्ने क्रममा उक्त पोल ढली पुरानो विद्युत संचालित लाइनमा खस्दा करेन्ट लागि मृत्यु भएको हो ।’ प्रहरी प्रवक्ता नैनबहादुर सावदले भने, ‘करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।’
उनका अनुसार घाइते भुपेन्द्र थापाको दुल्लू अस्पतालमा उपचार भैरहेको छ भने उनको अवस्था मध्यम रहेको छ ।
भदौ ३१, २०७७ बुधबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।