देशका हिमाली र पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका हिमाली र पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ।

देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहनेछ। 

देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, शनिबार राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ।

कात्तिक १, २०८३ शनिबार ०७:१९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।