‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु, दुई-दुई सातामा नयाँ गीत सार्वजनिक हुने
काठमाडौं : नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सृजनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक्स्ट्रिम म्युजिक सिरिज’को औपचारिक सुरुवात भएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकले अक्टोबर १० देखि नयाँ सिरिज सुरु गर्न लागेको हो।
मौलिक सङ्गीत तथा नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक र श्रोतामाझ पृथक् अनुभव प्रदान गर्ने नयाँ सिरिज सुरु गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस परियोजनाको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्।
सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिने र सबै गीत तथा साङ्गीतिक भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ कम्पनीले बताएको छ।
असोज २५, २०८३ आइतबार २०:४९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।