बुबाको सङ्घर्षसँगै हरि लम्सालको निर्देशकीय डेब्यु : सुहाना भन्छिन्, ‘बुबाले सेक्रिफाइजलाई देखाउँदैछौं’

बुबाको सङ्घर्षसँगै हरि लम्सालको निर्देशकीय डेब्यु : सुहाना भन्छिन्, ‘बुबाले सेक्रिफाइजलाई देखाउँदैछौं’

काठमाडौं : बुबाआमाले सन्तानको खुसीका लागि गरेको त्याग र सङ्घर्षका कथा हामी धेरैलाई थाहा हुन्छ, तर कतिपय अवस्थामा सन्तानले बुबाआमाका अगाडि आफ्ना भावनाहरू खुलेर व्यक्त गर्न सकिरहेका हुँदैनन्।

अभिनेत्री सुहाना थापालाई पनि यस्तै लाग्छ, आफ्नो नयाँ फिल्म ‘बा: एक योद्धा’मार्फत सन्तानको खुसीका लागि बुबाआमाले गरेको त्याग र सङ्घर्षलाई प्रस्तुत गर्न लागिएको उनी बताउँछिन्।

भदौ १९ गते कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा प्रदर्शन हुन लागेको यस फिल्मले नेपाली समाजमा एउटा बुबाले सन्तानको भविष्यका लागि झेल्ने चुनौती र गर्ने सम्झौतालाई प्रस्तुत गर्दैछ।

“हामी सबैलाई हाम्रो बाबा-आमाले हाम्रा लागि गरेको सेक्रिफाइज याद हुन्छ। तर, हामी त्यसलाई बाबा-आमाआमाका अगाडि खुलेर भन्न सक्दैनौं,” सुहाना भन्छिन्, “मेरो पात्रले मेरो लागि मेरो बुबाले कसरी सेक्रिफाइज गर्नुभएको छ भनेर डिफाइन गरिदिएको छ।”

नेपाली संगीत क्षेत्रका स्थापित सङ्गीतकार हरि लम्सालले यही फिल्ममार्फत निर्देशनमा पाइला चाल्दै छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘बा: एक योद्धा’को कथा र पटकथा पनि लम्साल आफैँले लेखेका हुन्।

फिल्ममा सुहानाका साथमा दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

भदौ ७, २०८३ आइतबार १५:३०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।