फिल्म ‘एक्का तीन’को फस्ट लुकमा एक्सन अवतारमा देखिए पूजा र कविता

फिल्म ‘एक्का तीन’को फस्ट लुकमा एक्सन अवतारमा देखिए पूजा र कविता

काठमाडौं : फिल्म ‘दान्भी’बाट निर्देशनमा डेब्यु गरेका रुपेश तामाङ फिल्म ‘एक्का तीन’मार्फत सुखद कम्ब्याकको तयारीमा छन्।

डेब्यु फिल्मबाट व्यावसायिक सफलताको स्वाद चाख्न नपाएका तामाङको दोस्रो फिल्म ‘एक्का तीन’को फस्ट लुक बाहिरिएको छ। गत वर्ष नै फिल्म निर्माणको घोषणा भएको यस फिल्ममा अभिनेत्री पूजा शर्मा र कविता नेपालीको अभिनय रहने पक्का भएको देखिन्छ। 

भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको यस फिल्मको फस्ट लुक्समा पूजा र कविताको पोस्टरमा टकराब देखिन्छ। पूजा शर्मा र कविता नेपालीलाई रिसाहा स्वभावमा एकअर्काबीच भिड्न लागेको अवतारमा देख्न सकिन्छ। यो पोस्टरले  फिल्म एक्सन जनरामा नै बन्ने देखिन्छ। 

जुना फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको हिरोको बारेमा अहिले निर्माण पक्षले जानकारी दिएको छैन। सुमन गजमेरको लेखन रहने यो फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ।

पूजा शर्माले यसअघि ‘रावायण’निर्माण गरेकी थिइन्। साथै आर्थिक लफडाले गर्दा चुपचाप लागेकी पूजा आफैले अर्को फिल्म ‘रत्यौली’घोषणा गरेकी छन्। जुन फिल्म आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउँदै छ। 

भदौ ४, २०८३ बिहीबार २२:०२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।