५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

५ महिनापछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्किएका छन्।

स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

देउवालाई स्वागत गर्न विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, र कृष्णप्रसाद सिटौलासहितका नेता-कार्यकर्ता पुगेका थिए। विमानस्थल बाहिर भने बाजागाजा, झाँकी र नाराबाजीसहित भव्य स्वागत गरिएको थियो।

संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए।

साउन २८, २०८३ बिहीबार १३:३१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।