कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आज पनि देशभरको मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक रहेकाले आज देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

विभागका अनुसार आज दिउँसो र राति विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैगरी लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशका एक-दुई स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान छ। उच्च पहाडी र हिमाली जिल्लाहरूमा भने हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ।

लगातारको वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। यसबाट सडक तथा हवाई यातायात र दैनिक जनजीवन नै प्रभावित हुन सक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

साउन १९, २०८३ मंगलबार ०७:१०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।