दीपमालाले पहिरिन् मिस नेपाल-२०२६ को ताज
काठमाडौं : ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा ‘मिस नेपाल २०२६’को उपाधि दीपमाला ढकालले जितेकी छन्।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको अन्तिम चरणमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यस वर्षको ताज पहिरिएकी हुन्।
प्रतियोगितामा आर्या निशान्त ‘मिस नेपाल इन्टरनेसनल २०२६’ र कशिस सुब्बा ‘मिस नेपाल कस्मो २०२६’ घोषित भएकी छन्।
विभिन्न चरणका प्रतिस्पर्धा र निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा उनीहरूलाई विजेता छनोट गरिएको आयोजकले जनाएको छ।
साउन १६, २०८३ शनिबार २०:२१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।