सौगात बस्नेतको डेब्यु निर्देशनमा साइकोलोजिकल थ्रिलर ‘पञ्चमी’ बन्ने

सौगात बस्नेतको डेब्यु निर्देशनमा साइकोलोजिकल थ्रिलर ‘पञ्चमी’ बन्ने

काठमाडौं : साइकोलोजिकल थ्रिलर विधामा नयाँ नेपाली फिल्म ‘पञ्चमी’ निर्माण हुने भएको छ। निर्माण पक्षले चलचित्रको रहस्यमयी थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।

यसै फिल्ममार्फत निर्देशक दीपेन्द्र के. खनालसँग मुख्य सहायक निर्देशक र कार्यकारी निर्माताका रूपमा काम गरिसकेका सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्दैछन्।

‘पञ्चमी’ साइकोलोजिकल मिस्ट्री थ्रिलर फिल्म भएको निर्देशक बस्नेतले बताए।

सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटर, त्रिशूल, दुई नाग, अर्धचन्द्र र नाग अंकित लकेट समावेश छन्। यी सबै तत्व पात्र र कथासँग प्रत्यक्ष जोडिएको निर्देशकको भनाइ छ।

‘पञ्चमी’ एक उपन्यासको रूपान्तरण भए पनि कुन कृतिमा आधारित हो भन्ने कुरा हाल गोप्य राखिएको छ।

चलचित्रका कलाकार, पटकथा लेखक र प्राविधिक टोलीबारे विवरण आगामी दिनमा क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

साउन १३, २०८३ बुधबार १७:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।