फिल्म 'चमेलीको पोई'को गीत रिलिजमा सुरक्षा पुग्दा विल्सन र नारायण खोइ?
काठमाडौं : आगामी असोज १६ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘चमेलीको पोई’को गीत रिलिजमा गीतकै मुख्य कलाकार आएनन्।
सोमबार नयाँबानेश्वरस्थित आइकम्प्लेस हलमा आयोजित कार्यक्रममा फिल्मका मुख्य कलाकार विल्सनबिक्रम राई र नारायण त्रिपाठी देखिएनन्। ताकी गीतको शीर्षक भूमिकामा सुरक्षा पन्तका साथमा विल्सन र नारायण रहेका छन्।
तर कार्यक्रममा उनीहरूको नाम लिँदा दुवै कलाकार उपस्थित भएको देखिएन। उनीहरू कता छन् भन्नेसम्मको जानकारी दिइएन। नारायण अमेरिकामा नै छन् भने विल्सन नेपालमै छन्। उनीहरूको कार्यक्रममा किन उपस्थित भएनन् भन्ने विषयमा सोधिखोजी पनि कसैले गरेनन्।
निर्माण पक्ष र कलाकारबीच मनमुटाब त छैन भन्ने प्रश्न कार्यक्रम स्थलमा सुनिएको थियो। विल्सन र नारायणको साटो यस गीतको भूमिकामा नै नरहेका मुकुन भुसाल भने पुगेका थिए। गीतमा आफूले खेल्न नपाए पनि फिल्ममा रहेको भन्दै मुकुनले एकै छिन उपस्थित भएका पत्रकार तथा निर्माण टिमलाई हँसाए। दुई जना कलाकार भएको भएर होला निर्माताहरूले आफूलाई निकै रमाइलो गरे।
उनीहरूले गीत कस्तो लाग्यो भनेर पत्रकारलाई माइक तेर्साउँदै रमाइलो गर्न भ्याए। कलाकारहरूको अनुपस्थिति रहँदा निर्माण टोली आफैँ प्रचारमा सक्रिय रूपमा प्रस्तुत भएको थियो।
यद्यपि कार्यक्रममा सकारात्मक माहोल बनाउने प्रयासमा उनीहरूले गीतमा नृत्य गर्ने प्रस्ताव गरिरहेका थिए। फिल्मको प्रचारप्रसारमा कलाकारहरूबाट अपेक्षित साथ सहयोग नपाएको गुनासो पनि बेलाबेलामा निर्माताहरूले गर्ने गर्छन्।
साउन ४, २०८३ सोमबार १८:०८:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।