जनक घर्ती मगरले घोषणा गरे नयाँ चलचित्र ‘आकाश वर्षा’

जनक घर्ती मगरले घोषणा गरे नयाँ चलचित्र ‘आकाश वर्षा’

काठमाडौं : निर्माता जनक घर्ती मगरले आफ्नो नयाँ चलचित्र ‘आकाश वर्षा’ को औपचारिक घोषणा गरेका छन्।

चलचित्रको शीर्षकसहितको ल्यान्डस्केप पोस्टर सार्वजनिक गर्दै उनले नयाँ परियोजनाको घोषणा गरेका हुन्। यसअघि जनकले निर्माण गरेका चलचित्रहरू ‘घरज्वाइँ’ र ‘मितज्यू’ व्यवसायिक तथा समीक्षात्मक रूपमा सफल मानिएका छन्।

जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रलाई सुदीप भजुले निर्देशन गर्नेछन्। निर्माता जनककै परिकल्पना रहेको यस चलचित्रका लेखक अमीर मगर हुन्।

सार्वजनिक पोस्टरमा आकाशबाट सिमसिम पानी परिरहेको, बादल र पहाडी पृष्ठभूमि देखाइएको छ, जसले मानव जीवनको सुख, दुःख र संघर्षलाई संकेत गर्छ।

निर्माता जनकका अनुसार यो चलचित्र विशुद्ध प्रेमकथा जनरामा निर्माण हुनेछ। चलचित्रका मुख्य कलाकार तथा अन्य प्राविधिक टोलीको विवरण भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।

यस चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको 'आरआर फिल्मस्' ले देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ।

साउन १, २०८३ शुक्रबार १२:४९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।