अमेरिकामा नै अस्ताए हास्य कलाकार खेम शर्मा

अमेरिकामा नै अस्ताए हास्य कलाकार खेम शर्मा

काठमाडौं : हास्य कलाकार खेम शर्मा ‘चतुरे’को ६५ वर्षको उमेरका मृत्यु भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित रहेका शर्माको अमेरिकास्थित बाल्टिमोरमा उपचारको क्रममा मृत्यु भएको हो।

अमेरिकामा नै रहेका हास्य कलाकार शिवहरि पौडेल, केदारप्रसाद घिमिरे (माग्नेबुढा)ले कलाकार शर्माको निधन भएको जानकारी दिएका हुन्। शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। 

उनी दुई दशकअघि टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा छाएका थिए। अन्य थुप्रे सिरियल तथा गाईजात्रामा काम गरेका छन्। लामो समयदेखि उनी अमेरिकामा बसोबास गर्दै आएका थिए। 

असार ७, २०८३ आइतबार ०९:२२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।