हल र प्रचारको अभावले पनि राम्रा फिल्म असफल हुन सक्छन् : मदनकृष्ण श्रेष्ठ
काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पनि गुणस्तरीय फिल्म बन्न थालेको बताए। चलचित्र समीक्षा पुरस्कार २०८१-२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राम्रो फिल्मले दर्शकको साथ पाउने गरेको बताए। पछिल्लो समय नेपाली फिल्मप्रति दर्शकको आकर्षण बढ्दै गएको भन्दै गुणस्तरीय फिल्महरू राम्रो व्यापार गर्न सफल भएको पनि बताए।
‘राम्रा फिल्महरू मज्जाले चलेका छन्। राम्रो नभए चल्दैन,’ उनले भने। यद्यपि, केही राम्रो चलचित्रहरू पनि विभिन्न कारणले अपेक्षाकृत सफल हुन नसकेको उनको उनले बताए। श्रेष्ठले फिल्मको व्यापारिक सफलतालाई मात्र यसको गुणस्तरसँग जोडेर हेर्न नहुने बताए। कतिपय उत्कृष्ट फिल्मले पर्याप्त हल नपाउनु, प्रभावकारी प्रचार–प्रसार गर्न नसक्नु वा अन्य व्यवस्थापकीय चुनौतीहरूका कारण दर्शकमाझ पुग्ने अवसर गुमाउने गरेको बताए।
‘कतिपय राम्रा फिल्महरू पनि चलेका छैनन्। त्यो नचल्नुको मतलब नराम्रो भन्ने हुँदैन। हल नपाएर, विज्ञापन गर्न नसकेका कारण पनि धेरै फिल्महरू चल्न सक्दैनन्। विभिन्न कारण हुन्छन्, तर हरेस खानु पर्दैन,’ उनले भने।
असार ६, २०८३ शनिबार २३:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।