काठमाडौंमा ‘आई एम जितबहादुर’को प्रिमियर
काठमाडौं : हास्यकलाकार तथा अभिनेता जितु नेपालको मुख्य अभिनय र निर्माण रहेको चलचित्र ‘आई एम जितबहादुर’को बुधबार काठमाडौंमा प्रिमियर शो भएको छ।
आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको प्रिमियरमा चलचित्र क्षेत्रका विभिन्न कलाकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
चलचित्र हेरेपछि कलाकर्मीहरूले यसको सामाजिक कथावस्तु र जितु नेपालको चरित्र निर्वाहको शैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
चलचित्रले गाउँको एउटा सरल विवाहित युवक जितबहादुरको रङ्गमञ्च हुँदै कलाकार बन्ने सपना, उसको संघर्ष र जीवनका उतारचढावलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ।
सुभेन्दु घोषले निर्देशन गरेको यस चलचित्रमा जितु नेपालका साथै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतको अभिनय रहेको छ।
जितु नेपाल मुख्य निर्माता रहेको यस चलचित्रको वितरण आरआर फिल्म्सले गरेको छ।
असार ४, २०८३ बिहीबार १३:३०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।