काठमाडौंमा ‘क्याप्टेन साब’को इन्डक्ल्याप
काठमाडौं : क्याप्टेन एवं मिडिया उद्यमी रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायांकन सकिएको छ। दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो।
पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरू गरिएको थियो। दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो। चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो।
दीपेन्द्र के खनालले निर्देशन रहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता एउटै चलचित्रमा यी तीन जनाको यो दोस्रोपटक सहकार्य हो। दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।
असार ४, २०८३ बिहीबार ०९:४०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।