प्रियंका र वर्षाको प्रश्नपछि ब्याकफुटमा जितु, आई एम जित बहादुर चले पारिश्रमिक थप्ने

प्रियंका र वर्षाको प्रश्नपछि ब्याकफुटमा जितु, आई एम जित बहादुर चले पारिश्रमिक थप्ने

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कलाकारहरू आफ्नो फिल्मको प्रचारप्रसारमा नखटेको आरोप लाग्ने क्रम पुरानो हो। हालै प्रदर्शनमा आएका फिल्म ‘चित्रा’ र ‘मिरमिरे’को प्रदर्शनका क्रममा पनि कलाकारहरूको उपस्थिति र भूमिकालाई कुरा उठ्यो।

आगामी असार ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आई एम जित बहादुर’को विषयमा पनि यही विषयमा बहस चल्यो। एक कार्यक्रममा जितु नेपालले फिल्मको प्रमोसनमा अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउतले समय नदिएको गुनासो राखेका थिए। उनको यो गुनासो चर्चाको विषय बन्यो। 

उनको गुनासो सुनेका हिरोइन प्रियंका कार्की र वर्षा राउतले एक प्रमोसन कार्यक्रममा झाँको झारे। जितुकै अगाडी प्रमोसनमा नहिँडाएको र नबोलाएको भनेर प्रियंका र वर्षाले झाको मात्रै झारेनन्, क्यामेरा अगाडी बोलाउनु भएको थियो र भनेर प्रश्न गरे। जितुले रातो अनुसार पार्न बाहेक केही सकेनन्। 

प्रियंकाको त्यस बेला गुनासो थियो, "फिल्ममा अनुबन्ध हुँदा चार सिन, पाँच दिन यति दिन समय दिए पुग्छ। अरू बेला पर्दैन भन्दै अनुबन्ध गराउने, अनि प्रमोसनमा हिँडेको पारिश्रमिक खै, घरको पैसा लिएर म प्रमोसनमा त हिँड्दिन होला ?"

प्रियंकाको यो प्रतिक्रिया र सञ्चारकर्मीको निरन्तर जिज्ञासापछि जितुले फिल्मले राम्रो व्यावसायिक सफलता प्राप्त गरेमा कलाकार र प्राविधिकको पारिश्रमिक थपिने घोषणा गरे। मंगलबार बिहान फिल्म एकेडेमीमा आयोजित कार्यक्रममा अभिनेत्री वर्षा राउतको उपस्थितिमा जितुले यस्तो प्रतिबद्धता जनाए।

निकै उत्साहित रहेका उनले फिल्मको प्रमोसन र चलेको खण्डमा कलाकारको पारिश्रमिक थपिदिने बताए।  "मिडियाकै अगाडि भन्छु," उनले भने, "फिल्मको प्रमोसन भएर चलेछ भने तपाईहरुकै अगाडि भनेको छु कलाकारको पारिश्रमिक थपिदिने बाचा गर्छु।"

उनले कलाकारको मात्रै भनेपछि पत्रकारहरूले कलाकारलाई मात्रै भन्ने प्रश्न गरे। उनले हौसिएर प्राविधिक तथा अरूलाई पनि थपिदिने कुरा गरे। उनको कुरा सुनेपछि वर्षा मुस्कुराइन्। सायद उनलाई फिल्मबाट कमाई हुन्छ कि क्या हो भन्ने सोचिन होला। सायद त्यसैले उनी दंग देखिइन्। 

फिल्मले गर्ने व्यापारिक सङ्कलन असार ५ गतेको प्रदर्शनपछि नै प्रस्ट हुनेछ। यद्यपि, फिल्म सफल भएको खण्डमा मुनाफाको सेयर जस्तै गरी पारिश्रमिक थप गर्ने जितुको प्रतिबद्धतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। जसले कलाकारको परिश्रम र प्रचारप्रसारमा हुने खर्चको कदर हुने अपेक्षा गरिएको छ। 

जेठ २६, २०८३ मंगलबार २०:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।