नयाँ हल स्थापना गरे दश वर्षसम्म कर छुट
काठमाडौं : सरकारले महानगरपालिका र उपमहानगरपालिकाका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गरे सुरुको दश वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिने भएको छ।
शुक्रबार संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त कुरा बताएका हुन्।
उनले भने, “महानगरपालिका र उपमहानगरपालिकाका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेले सुरुको दश वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिने व्यवस्था मिलाएको छु।”
चलचित्र विकास बोर्डले देशभर रहेको १७० हाराहारी हल रहेको जानकारी दिँदै आएको छ। अबको वर्ष देशभर २ हल निर्माणको तयारी थालेको थियो।
नयाँ सरकारले आर्थिक वर्षको बजेटमा महानगरपालिका र उपमहानगरपालिका बाहेक पालिकामा हल निर्माणमा कर छुटले थप हल निर्माण हुने देखिन्छ।
साथै हलवालाको छाता संगठन चलचित्र संघले समेत लामो समयदेखि सरकारसमक्ष यस्तो माग गर्दै आएका थिए।
जेठ १५, २०८३ शुक्रबार १८:४१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।