कान्तिपुर थिएटरमा 'महाभारत' मञ्चन सुरु, मनोज गजुरेल पहिलो पटक नाटकमा

कान्तिपुर थिएटरमा 'महाभारत' मञ्चन सुरु, मनोज गजुरेल पहिलो पटक नाटकमा

काठमाडौं : काठमाडौंको कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ को मञ्चन सुरु भएको छ।

चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले यसै नाटकमार्फत पहिलो पटक रङ्गमञ्चमा अभिनय यात्रा सुरु गरेका छन्।

नाटकमा स्थापित कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापासहित सन्दीप श्रेष्ठ, प्रतिक चौधरी र सुपज्ञा शर्मालगायत २० जनाभन्दा बढी कलाकारको अभिनय रहेको छ।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका हुन् भने अनुवाद प्रकाश दाहालले गरेका हुन्।

नाटकको  सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन्।

जेठ १४, २०८३ बिहीबार १७:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।