‘आ बाट आमा २’ को मुख्य भूमिकामा निकिता आचार्य

‘आ बाट आमा २’ को मुख्य भूमिकामा निकिता आचार्य

काठमाडौं : चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा निकिता आचार्य अनुबन्धित भएकी छन्।

बिहीबार निर्माण पक्ष र आचार्यबीच फिल्मको मुख्य भूमिकाका लागि सम्झौता भएको हो।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने यस फिल्ममा यसअघि नै पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन्।

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्मको नेपाल वितरण आरआर फिल्मस्ले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

फिल्म आगामी असोज ३० गते (दसैँको फूलपाती) देखि प्रदर्शनमा आउने तयारीमा छ।

जेठ १४, २०८३ बिहीबार १२:५५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।