‘१२ गाउँ’ को सिक्वेलमा न्यान्सी र सनिशा बाहिरिँदा काफिया र वर्षा भित्रिए

‘१२ गाउँ’ को सिक्वेलमा न्यान्सी र सनिशा बाहिरिँदा काफिया र वर्षा भित्रिए

काठमाडौं : दुई वर्षअघिको असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा १९ करोड ९२ लाखभन्दा बढिको व्यापार गर्यो। 

अभिनेता बिराज भट्टले निर्देशन गरेको एक्सन जनराको यो फिल्म उनका छोरा समिर भट्टका साथै दुई अभिनेत्री न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेव्यु गरेका थिए। बक्सअफिसमा फिल्म ब्लकबस्टर सावित भएको थियो।

तर, साेहि ब्लकबस्टर फिल्मको सिक्वेलमा भने अघिल्लो भागबाट डेब्यु गरेका दुई अभिनेत्री न्यान्सी खड्का र सनिशा भट्टराईलाई हटाएर काफिया शाही र वर्षा इटानीलाई भित्र्याइएको छ। यी दुई अभिनेत्रीले यसै फिल्मबाट डेव्यु गर्दैछन्। काफिया वितरक एवं पूर्व अभिनेता गोविन्द शाहीकी छोरी हुन्।

साथै, विराज भट्टसँग ‘राम नाम सत्य’ मा अभिनय गरेकी खुसी कार्की पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछिन्। ‘१२ गाउँ २’मा उनीसँगै बिराज भट्ट, समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की,  प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायतका कलाकारको अभिनय रहनेछ। 

‘१२ गाउँ’कै  सन्तोष सरकारले यसको पनि कथा तथा पटकथा तयार पारेका हुन्। द्वन्द्व निर्देशन ईस्टनर सिल्वा र शंकर महर्जनको रहनेछ भने ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन्।

संगीतमा युग भुसाल, देबेन्द्र बराल र डीपी खनाल जोडिएका छन्फि भने संगीत युग भुसाल, देबेन्द्र बराल र डीपी खनालको रहनेछ। फिल्मका गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईले स्वर दिनेछ्न्। 

फिल्मको निर्माण व्यवस्थापन भोला सुबेदी (आरजे प्रणब) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्। यस फिल्मको वितरण उपत्यकामा काफिया फिल्म्स प्रालिले गर्दैछ भने मोफसलमा कुबेर फिल्म्सले जिम्मा लिएको छ। 

समीक्षात्मक रूपमा कमजोर मानिए पनि व्यावसायिक रूपमा सफल रहेको ‘१२ गाउँ’ को सिक्वेल आगामी दसैँको फूलपातीमा प्रदर्शन हुने लक्ष्य राखिएको छ। 

वैशाख २३, २०८३ बुधबार १८:३४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।