सल्यानमा प्रहरी भवनको जग खन्ने क्रममा ८६ थान बम भेटियो
सुर्खेत : जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ थान बम फेला परेको छ।
सल्यानको शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए।
जग खन्ने क्रममा शंकास्पद वस्तुहरू देखिएपछि तत्काल सुरक्षा सतर्कता अपनाएर थप उत्खनन् गरिएको थियो।
नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको उनले जानकारी दिए।
वैशाख १९, २०८३ शनिबार १५:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।