सडक सुरक्षा प्रणालीमा सुधार गर्न सरकार प्रतिबद्ध, रोल्पा दुर्घटनाको प्रतिवेदन तत्काल कार्यान्वयन गरिने

सडक सुरक्षा प्रणालीमा सुधार गर्न सरकार प्रतिबद्ध, रोल्पा दुर्घटनाको प्रतिवेदन तत्काल कार्यान्वयन गरिने

काठमाडौं : सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

गत बिहीबार रोल्पाको थवाङ गाउँपालिका-१ सल्यापमा भएको जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दुर्घटना छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने बताएको हो।

दुर्घटनाको सुक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको गृह मन्त्रालयले गठन गरेको समितिले प्रस्तुत गर्ने प्रतिवेदनका निष्कर्ष र सुझावलाई तत्काल कार्यान्वयन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा गठित समितिको समयावधि आज समाप्त हुँदैछ। सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविश्यसँग जोडिएको संवेदनशील विषय भएकाले प्राविधिक तथा मानवीय कमजोरी सुधार्न सरकार दृढताका साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ। 

वैशाख १९, २०८३ शनिबार १५:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।