बाढी र पहिरोले तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध, तीन एकतर्फी सञ्चालनमा

बाढी र पहिरोले तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध, तीन एकतर्फी सञ्चालनमा

काठमाडौं : अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग र लमजुङमा मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

यसैगरी, बाढी र पहिरोकै कारण केही स्थानमा यातायात एकतर्फी मात्र सञ्चालनमा आएको छ। भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीको जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड र कपिलवस्तुको चोरखोलास्थित पूर्व-पश्चिम राजमार्गमा अहिले एकतर्फी मात्र गाडीहरू चलिरहेका छन्। 

अवरुद्ध सडकहरूमा पहिरो पन्छाएर गाडी सञ्चालनको तयारी गरिरहेको प्रहरीले जनाएको छ।

वैशाख १८, २०८३ शुक्रबार ०९:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।