काठमाडौँ उपत्यकामा एकैदिन दुई हजार बढी चालक कारबाहीमा, झण्डै २० लाख राजस्व सङ्कलन

काठमाडौँ उपत्यकामा एकैदिन दुई हजार बढी चालक कारबाहीमा, झण्डै २० लाख राजस्व सङ्कलन

काठमाडौं : पछिल्लो २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यी कारबाहीबाट राज्यकोषमा कुल १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व स‌ंकलन भएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो।

वैशाख १८, २०८३ शुक्रबार ०७:५३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।