कसैलाई दुःख दिन होइन, आवश्यक सुधारका लागि अध्यादेश ल्याइएको हो : रवि लामिछाने

कसैलाई दुःख दिन होइन, आवश्यक सुधारका लागि अध्यादेश ल्याइएको हो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा पूरा गर्न तथा आवश्यक सुधारका लागि सरकारले अध्यादेश सिफारिस गरेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उनले विगतका सरकारले जस्तो अरुलाई दुःख दिनका लागि अध्यादेश नल्याइएको बताए।
 
“विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन,  पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारका लागि हो,” उनले भने।

उनले यसलाई कानुनी दायरमा बसेर गरिएको अभ्यास भएको समेत बताए।

लामिछानेले भने, “यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो, कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक वचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ।”

वैशाख १६, २०८३ बुधबार १७:११:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।