रुपन्देहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते
रुपन्देही : रुपन्देहीको देवदहमा बुधबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ठेगाना नखुलेका अन्दाजी ५० बर्षिय पदम रायमाझी र नवलपरासी मध्यविन्दु न.पा. १० अरुणखोला निवासी ६० बर्षिय रानी कुमारी खत्री रहेको देवदह प्रहरीले जनाएको छ।
बुटवल देखि बर्दघाट जाँदै जाँदै गरेको लु १ ख ७२८५ नं को माईक्रो बस र नारायणगढबाट बुटवल आउदै गरेको बा. प्र.-०१००६ ख ८९२६ नं को ईभी माईक्रो बिहान ९:३० बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परि २७ जना घाइते भएका छन्। घाईतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ।
वैशाख १६, २०८३ बुधबार १४:१५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।