‘रोल नं १’को शीर्ष गीत सार्वजनिक
काठमाडौं : ‘हरेक विद्यार्थीको कथा’ स्लोगन दिएको फिल्म ‘रोल नं १’को गीत सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष गीत रिलिज भएको हो।
‘रोल नं १’को शीर्ष गीत ‘रोल नं १’ले युट्युबमा एक लाख ६ हजारभन्दा भ्युज बटुलेको छ। २ सय २५ कमेन्ट रहेको गीतको कमेन्ट बक्समा अधिकांशले सकारात्मक कमेन्ट गरेका छन्। गीतमा शब्द संगीत तथा गायन प्रशान्त शिवाकोटीको छ। विनोद पौडेलको निर्माणमा बनेको फिल्ममा प्रशान्तले यसअघि ‘पूर्णबहादुरको साराङ्गी’मा पनि सहकार्य गरेका थिए।
गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्याङ्किङ’ (श्रेणी)को दौडमा स्कुले बालबालिकाले भोग्नुपर्ने दबाब र तनावको कथालाई मुख्य विषय बनाएको देखिन्छ। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको निर्देशन जोन योञ्जनले गरेका हुन्।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन्। बाल-कलाकारमा भने निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। फिल्ममा सह-निर्माताका रूपमा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन्। फिल्म ‘रोल नं १’ आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदै छ।
महेश दवाडीले लेखेको फिल्मको डीओपी शिव राम श्रेष्ठ रहेका छन्। फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् भने फिल्मको मदन घिमिरेले गरेका छन्। फिल्मको प्रदर्शन अधिकार रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएको छ।
वैशाख १५, २०८३ मंगलबार १५:५८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।