कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं : कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

पिप्ररहवामा सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पियो अनियन्त्रित भई  ठोक्किएको थियो। 

दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ।

दुर्घटनामा परी महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते छन्। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

वैशाख १३, २०८३ आइतबार १०:४९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।