काठमाडौंमा २४ घण्टामा करिब २५ सय चालक कारबाहीमा, ५ लाख राजस्व संकलन
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख चार हजार राजस्व संकलन भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो।
वैशाख १३, २०८३ आइतबार १०:२५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।