घरबारविहीन बताउने ६ परिवारलाई थापाथलीबाट रंगशाला लगियो

घरबारविहीन बताउने ६ परिवारलाई थापाथलीबाट रंगशाला लगियो

 

काठमाडौं : सरकारले थापाथलीस्थित बागमती नदी किनारमा रहेको अव्यवस्थित सुकुम्वासी बस्ती खाली गराउने अभियानलाई तीव्रता दिएको छ। 

यसै क्रममा घरबारविहीन भएको बताउने ६ वटा परिवारलाई दशरथ रंगशालास्थित 'होल्डिङ सेन्टर'मा राखिएको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार, वस्ती हटाउने प्रक्रिया सुरु हुनुअघि नै स्वैच्छिक रूपमा निस्कन चाहनेहरूलाई काठमाडौँ महानगर प्रहरी र नेपाल प्रहरीले आवश्यक व्यवस्थापकीय सहयोग गरेका थिए।

सचिवालयले भन्यो, 'यहाँबाट आफू घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ। वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए।' 

शनिबार र आइतबार सुकुम्बासी बस्तीबाट स्थानान्तरण गरिनेहरूलाई नागार्जुनको ४२ वटा आवास युनिट, कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवन, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गामा राखिनेछ।

वैशाख १२, २०८३ शनिबार १२:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।