एनएमबि बैंकलाई जर्मनीको ‘एसटीपी अवार्ड’

एनएमबि बैंकलाई जर्मनीको ‘एसटीपी अवार्ड’

काठमाडौं : अन्तर्राष्ट्रिय भुक्तानी र वित्तीय कारोबारलाई सरल तथा प्रभावकारी बनाएबापत एनएमबि बैंकले जर्मनीको कमर्ज बैंक एजीबाट ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय बैंकिङ कारोबारका क्रममा सरल र पारदर्शी रूपमा सरल ढंगले भुक्तानी प्रक्रिया सम्पन्न गर्ने बैंकहरूलाई यो अवार्ड प्रदान गरिन्छ। यस अवार्डले अन्तर्राष्ट्रिय कारोबारमा एनएमबि बैंकको प्राविधिक दक्षता र कार्यगत अनुशासन, द्रुत र भरपर्दो सेवाको कदर गरेको जनाएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो अवार्ड बैंकले अन्तर्राष्ट्रिय बैंकिङ सेवामा उच्च गुणस्तर कायम गर्न गरेको निरन्तर प्रयासको परिणाम भएको बताए। उनले भनेका छन्, "हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो। उच्च मापदण्ड काम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौं”

बैंकको अन्तर्राष्ट्रिय व्यापार, लगानी र विश्वव्यापी वित्तीय सम्बन्धमा बैंकको विश्वसनीयतालाई थप सुदृढ बनाउन यो उपलब्धिले प्रेरित गरेको बैंकको भनाई छ। हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गरिरहेको छ।  

वैशाख ११, २०८३ शुक्रबार १८:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।