महर बने एमालेको प्रमुख सचेतक
काठमाडौं : प्रतिनिधिसभामा एमालेको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरी महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो।
महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित भएका हुन्।
वैशाख ११, २०८३ शुक्रबार १७:०२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।