नवलपरासीको भैरमपुरमा भीषण आगलागी: १२ घर जलेर नष्ट, ४ करोडभन्दा बढीको क्षति

नवलपरासीको भैरमपुरमा भीषण आगलागी: १२ घर जलेर नष्ट, ४ करोडभन्दा बढीको क्षति

नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर ५, भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा परी १२ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट करोडौँको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन्। घरमा रहेका जिन्सी र नगदसहित  चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान  गरिएको छ। 

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन्। प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताए।

वैशाख ९, २०८३ बुधबार ११:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।