ट्राफिक नियम उल्लंघन गर्ने साढे ३ हजार चालक कारबाहीमा
काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार पाँच सय एक जना सवारी चालकलाई कारबाही गरेको छ।
आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनले भने, “विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही सङ्ख्या तीन हजार ५०१ जना रहेका छन्। कारबाहीबाट जम्मा राजस्व रकम २५ लाख १५ हजार ५०१ रहेको छ।”
वैशाख ८, २०८३ मंगलबार १३:२५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।