सर्वाधिक कमाउने भारतीय फिल्मको तेस्रो नम्बरमा उक्लियो धुरन्धर २

सर्वाधिक कमाउने भारतीय फिल्मको तेस्रो नम्बरमा उक्लियो धुरन्धर २

एजेन्सी : अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। 

प्रदर्शनको ३१ औँ दिनसम्म आइपुग्दा फिल्मले विश्वभरबाट करिब साढे १७ सय करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड कायम गरेको हो।

ट्रेड वेबसाइट सैकनिल्कका अनुसार धुरन्धर २ को विश्वव्यापी ग्रस कलेक्सन एक हजार ७४८.९१ करोड भारतीय रुपैयाँ पुगेको छ।

यससँगै धुरन्धर २ ले दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म पुष्पा २ को एक हजार ७४२.१० करोडको रेकर्डलाई उछिनेको छ। अब यो फिल्मभन्दा अगाडि आमिर खानको 'दङ्गल' (२,०७० करोड) र 'बाहुबली २' (१,७८८.०६ करोड) मात्र रहेका छन्।

'धुरन्धर: द रिभेन्ज'मा निर्देशकले ग्याङवार र प्रतिशोधको कथालाई मात्र नभई नोटबन्दी जस्ता समसामयिक राष्ट्रिय घटनाक्रमसँग जोडेर वृहत् स्वरूप दिएका छन्, जसलाई दर्शकले रुचाएका छन्।  

वैशाख ६, २०८३ आइतबार १३:४१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।