लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं : प्रहरीले लागू औषधसहित विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो।
सुनसरी बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६१० ट्याब्लेट र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २७ वर्षीय राज राई र २७ वर्षीय खुसे राई रहेका छन्। अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स.१०प४५१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै,मकवानपुरका हेटौंडा उपमहानगरपालिका-१० न्युरेनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित बागमती गाउँपालिका-७ बस्ने २४ वर्षीय संजिब लोप्चनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो।
बाँकेको खजुरा गाउँपालिका-२ बाट् लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय शाहिल भन्ने प्रवेश शाही र ३५ वर्षीय भीम बहादुर थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, ललितपुर ललितपुर महानगरपालिका-३ कृष्णगल्लीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २६७ ट्याब्लेट सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने चितवन घर भएका २० वर्षीय सिद्धार्थ भुजेल र ललितपुर महानगरपालिका-९ च्यासल बस्ने गोरखा घर भएका २० वर्षीय विशाल दर्जी रहेका छन्। प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१ एलएन चोक डेरा गरी बस्ने बैतडी घर भएका २६ वर्षीय बिशाल चन्दलाई गएराति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित भानु नगरपालिका-७ खोरीयापानी बस्ने २७ वर्षीय अमृत गुरूङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.२ ख१४३८ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, मोरङको विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम ५५० मिलिग्राम सहित काठमाडौं महानगरपालिका-२६ बस्ने ३१ वर्षीय सयल थापा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तु, शिवराज नगरपालिका-६ बिरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४५ मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-५ चन्द्रौटा बस्ने २० वर्षीय शाहिल खान र सोही नगरपालिका-३ मदवा बस्ने १९ वर्षीया भिमा सुनार रहेका छन्।
वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी बिरपुरबाट खटिएको प्रहरीले कृष्णनगरबाट चन्द्रौटातर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
वैशाख ३, २०८३ बिहीबार १२:५०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।