इजरायल, कुवेत, बहराइन र लेबनानको लागि पुनः श्रम स्वीकृति सुचारु, इराकको हकमा मन्त्रिपरिषद्को निर्णय लागू हुने

इजरायल, कुवेत, बहराइन र लेबनानको लागि पुनः श्रम स्वीकृति सुचारु, इराकको हकमा मन्त्रिपरिषद्को निर्णय लागू हुने

काठमाडौं : मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण रोकिएको वैदेशिक रोजगारीको श्रम स्वीकृति थप चार देशका लागि फेरि सुचारु गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो।

साउदी अरेबिया, युएई  कतार, ओमान, यमन, जोर्डन र टर्कीमा यसअघि नै सुचारु भइसकेको छ। 

इराक जाने कामदारहरूको हकमा नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८२ पुष ११ गतेको निर्णय बमोजिम श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ।

यसअघि मन्त्रालयको मिति २०८२ फागुन १७ को निर्णय बमोजिम मध्यपूर्व र खाडी क्षेत्रको असहज परिस्थितिलाई ध्यानमा राख्दै व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरिएको थियो। परिस्थितिको समीक्षा गर्दै मन्त्रालयले २०८२ चैत ३० मा चार देशहरूको पनि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।

वैशाख २, २०८३ बुधबार १३:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।